राजसंस्था र हिन्दु राज्यको पुनस्र्थापनाको नारा लिएर चैत १५ गते तीनकुनेमा आतंक मच्चाएको आरोपमा पक्राउ परेका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सरकारी वलिकको कार्यालयबाट जिल्ला अदालत काठमाडौंमा पुर्याइएको छ।
तीनकुनेको हिंसात्मक घटना लगत्तै फरार भएका प्रसाईँलाई प्रहरीले झापाबाट पक्राउ गरी शुक्रबार अपरान्ह काठमाडौं ल्याएलगत्तै त्रिभुवन विमानस्थलबाट प्रहरीले प्रसाईँसँगै उनका सहयोगीलाई सोझै सरकारी वकिलको कार्यालयमा पुर्याइएको थियो।
सरकारी वकिलको कार्यालयले तयार पारेको फौजदारी कसुर अन्तरगतको कागजात मिलाएर प्रसाईलाई अहिले जिल्ला अदालत काठमाडौंमा हिरासतमा राखि अनुसन्धानका लागि अनुमति दिन माग गरिएको छ।
प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत प्रारम्भवमा कम्तिमा पनि १२ दिन हिरासतमा राख्ने अनुमति दिन आग्रह गर्ने तयारी भएको बताइएको छ।
तीनकुने घटनाका मुख्य आरोपित प्रसाईंलाई प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय पुराएर म्याद थपका लागि काठमाडौं अदालतमा पुराएको हो।
प्रसाईंमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।
झापामा पक्राउ परेका प्रसाईँलाई शुक्रबार नै प्रहरीले भद्रपुर हुदै काठमाडौं ल्याएको थियो। तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनापछि प्रसाईँ फरार थिए।