हिमाल दैनिक
प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालतको अनुमति

चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य आयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न काठमाडौं अदालतले अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले प्रसाईंलार्ई राज्यविरुद्धको कसुरमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

त्यस्तै प्रसाईंसंगै पक्राउ परेका दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

विवादित चरित्र बनाएका मेडिकल व्यवसायी प्रसाईं क्यान्सरको बिरामी भएका कारण इजलासबाट सम्बन्धीत चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गर्न पनि आदेश भएको  श्रेष्ठले बताए।

प्रसाईं र खड्कालाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले शुक्रबारै झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ गरे लगतै दुबैलाई शुक्रबार नै प्रहरीले काठमाडौ ल्याइ सरकारी वलिकको कार्यालयमार्फत म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थीत गराएको थियो।

तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु हुनका साथै ठूलो जनधनको क्षति भएको थियो। उक्त घटनापछि फरार भएका प्रसाईँ भारतका विभिन्न शहरमा आश्रय खोज्दै र प्रहरीलाई छल्दै उत्तरपूर्वी भारत आसाम पुगेको र त्यहीबाट प्रहरीले पक्राउ गरी ल्याएको अपुष्ट समाचार बाहिर आएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update