हिमाल दैनिक
बसिर अहमदको एक्लो प्रयासमा नन्दन र शेख बाहेक अरुको योगदान नै रहेन, ३ रनको अन्तरमा कुबेतले जित्यो उपाधि

बसिर अहमद र बलर नन्दन यादवको चमत्कारिक ब्याटिङका बाबजूद नेपाल हङकङमा सम्पन्न चारदेशी टि–२० खेलको फाइनलमा कुबेतसँग झिनो अन्तरले पराजित भएको छ।

नेपाली क्रिकेट टिमका चर्चित हस्तीहरु खेलमा जम्न नसकी सस्तैमा आउट भएपछि पाँचौ ओभरमा छैटौं नम्बरमा ब्याटिङका लागि मैदानमा उत्रिएका बसिर अन्तिम ओभरसम्म नै टिकेर खेलिरहलान् भन्ने अनुमान विरलै व्यक्तिहरुले गरेका थिए।

तर, पाँचौँ ओभरको पाँचौँ बलमा दिपेन्द्रसिंह ऐरी चार बलको सामना गर्दै शून्यमा आउट भएपछि १७५ रनको लक्ष्य पाएको नेपालका लागि मैदानमा उत्रिएका बसिरलाई कप्तान रोहित पौडेलले पनि साथ दिन सकेनन्।

कप्तान पौडेल पनि ८.३ ओभरमा १६ बल खर्चिएर डब्बल डिजिटमा पनि नपुगी ७ रनमा आउट भएपछि १३ बलको सामना गर्दै २१ रन बनाएका बसिर पनि कति नै बेर क्रिजमा बसिरहलान् र भन्ने लागेको थियो।

त्यसपछाडि क्रिजमा आएका सोपाल कामीदेखि गुल्शन झा, करण केसीले बसिरलाइृ १४ ओभरसम्म नदिँदा नेपाल ८ विकेटको क्षतिमा जम्मा ९८ रन जोड्दै थियो। जसमा २५ बलका सामना गर्दै ४० रनको योगदान बसिरकै थियो।

नवौँ विकेटका लागि १५औं ओभरमा ब्याटिङ गर्न मैदानमा उत्रिएका त्यसपछिका चार ओभरमा बसिरलाई यसरी सघाए कि दुबै जनाले नेपालको रनरेटमा चौका भन्दा ज्यादा छक्काको बर्षा नै गरेझै गरी १९ ओभरको समाप्तिमा नेपालका लागि उपाधि जित्न जम्मा ११ रन आश्वयक रहेको स्थितिमा पुर्याए।

यही बिचमा १८.४ ओभरमा कुबेतका बलर मोहम्मद साफिकको बलमा क्याचआउट हुनुअघि नन्दन यादवले जम्मा १४ बलकोे सामना गर्दै ३७ रनको योगदान दिए। जसमा २ चौकार ४ छक्का हानेका थिए।

उन्नाइसौँ ओभरको अन्तिममा ३९ बलको सामना गर्दै ७४ रन बनाइसकेका बसिरलाई साथ दिन गएपनि ११ रनको जित निकाल्ने लक्ष्य र उदेश्यले अन्तिम ओभरमा क्रिजमा रहेका बसिले १९.१ ओभरमा नो बलमा छक्का हान्दै आफ्नो खानामा ८० रन बनाए भने नेपालको जितका लागि केबल चार रनले पछि राखे।

अनुदिप चेन्थामराको बलमा बलाई मैदान बाहिर कटाउने उद्देश्यले हानेको बल चेन्थामराले नै क्याच गर्दै पेभलियनको बाटोे देखाइदिएपछि नेपाल कुबेतसँग केबल तीन रनको झिनो अन्तरले पराजित हुन पुग्यो।

यसअघि बसिरले ४३ बलको सामना गर्दै आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए तर, नेपालका पहिलो अर्डरका ब्याटरर्सहरुमध्ये नन्दन यादवबाहेक ओपना ब्याटरर्स आसिफ शेखले मात्रै २१ रनको दोहोरो अंक बनाएका थिए।

यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update