हिमाल दैनिक
आठ महिनापछि बल्ल जुर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको साइत
file photo

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख १७ गते बुधबार बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निर्देशन पश्चात मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय कार्यसमितिको बैठक वैशाख १७ गते बुधबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका हुन्।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

बैठकमा छलफलका लागि पेश हुने विषयवस्तुबारे भने अहिले कुनै जानकारी दिइएको छ।

कांग्रेसको विधानको व्यवस्था अनुसार, प्रत्येक दुई महिना एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्नु पर्ने भनिएपनि पार्टीको नियमित बैठक अनियमित ढंगले नै चलिरहेको छ।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक २०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेर अन्त्य भएको थियो। 

यसरी केन्द्रीय कार्यसमिति बैठकले गरेका कतिपय महत्वपूर्ण निर्णय कार्यान्वयनको सवालमा अत्यन्त फितलो बन्दै गएको कांग्रेसले त्यसपछिका दिनमा अन्य समसामयिक विषयमा पनि पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समितिको बैठकमार्फत छलफल र निर्णय लिँदै आएको छ।  

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update