
अमेरिकी इलेक्ट्रोनिक्स ब्राण्ड ब्ल्याक+डेकरको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ।
संयुक्त राज्य अमेरिकाको नम्बर १ ब्राण्डको रुपमा परिचित तथा ११५ वर्षको लामो इतिहास बोकेको ब्ल्याक+डेकर कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा अघि सारेको विशेष योजनामा ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरण खरिदकर्ता ग्राहकहरुले कुनै न कुनै उपहार प्राप्त गर्न पाउने दाबी गरेको छ।
चौधरी ग्रुप अन्तरगतको सीजी इलेक्ट्रोनिक्सले दिएको जानकारी अनुसार, यसरी उक्त कम्पनीका घरायसी उपकरण खरिद गर्दा उपभोक्ताहरुलाई साप्ताहि भाग्यशाली लक्की ड्रमा भाग लिने दिन क्यूआर कोड स्क्यान गरी दर्ता गराउनु पर्नेछ।
यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याकंडेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो।
ब्ल्याकंडेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका छन्, उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेका छन्।
यस योजना सीजी इलेक्ट्रोनिक्सद्वारा प्रस्तुत गरिएको हो, जो नेपालमा ब्ल्याकंडेकर स्मार्ट घरेलु उपकरणहरूको एकमात्र वितरक हो।