हिमाल दैनिक
कर्मचारी ट्रेड युनियनलाई सडक आन्दोलनको बाटोमा नजान महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले निजामति विधेयकमागि तीब्र रुपमा छलफल भइरहेको भन्दै समितिलाई विश्वास गरि आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका हुन्।

यसअघि मंगलबार समितिको बैठकमा कर्मचारी संगठनहरुले आफ्ना मागहरु ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए।

महामन्त्री थापाले कर्मचारीहरुले आन्दोलनका बिषयमा पुनर्बिचार गर्नुपर्नेमा जोड दिए।

अहिले राम्रो वातावरण बनिरहेको अवस्थामा वातावरण बिग्रन दिन नहुने भन्दै यसतर्फ सबैले गम्भीर भएर सोच्नु पर्ने बताए।

त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले शिक्षक आन्दोलनबाट प्रभावित भएर आन्दोलनको बाटो नखोज्न कर्मचारी संगठनलाई सुझाव दिए।

कर्मचारी संगठनहरुले सडकमा जाने बहाना खोजिरहेको भन्दै उनले जिम्मेवार भएर समयमा नै विधेयक अघि बढाउनुपर्नेमा जोड दिए।

सांसद श्रेष्ठले जिम्मेवार ठाउँबाट गैरजिम्मेवार अभिव्यक्ति आउन थाले आफ्नो सम्मानका लागि सडकमा जाने अवस्था आउने अवस्था सिर्जना हुने जिकिर गरे।

 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update