नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको स्पष्टोक्ति दिएका छन्।
थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगको सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।
पछिल्लो समय सत्तारुढ दलभित्र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसकै कतिपय नेताहरुले प्रश्न उठाउँदै रहँदा विपक्षी दलबाट आएका प्रतिक्रियाको कारण वर्तमान सत्ता गठबन्धनको भविश्यमाथि आशंका पैदा भएको थियो।
त्यसमाथि सभापति देउवा स–परिवार पारिवारिक भ्रमणसँगै स्वास्थ्य परिक्षणको लागि थाइल्याण्ड गएपछि देशभित्र सरकारको विषयमा थप आशंका र अड्कलबाजीको सीमा पार गर्दैगएको थियो।
सत्ता गठबन्धनबीच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्तो केहि नरहेको उनले बताए।
सत्तासमिकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ छ।
सभापति देउवा स–परिवार थाइल्यान्ड भ्रमणमा गएका थिए।