हिमाल दैनिक
सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना संसदलाई

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकोबारेको सूचना प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराइएको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा सभामुखको आसनबाट सदनको कारबाही सुचारु गरिरहेकी उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सदनलाई जानकारी दिइन्।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहु उदेश्सीय बचत तथा ऋण सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र सङ्गठित अपराध सम्बन्धी कसुर मुद्दामा संलग्न भएको आरोपमा पक्राउ पर्ने डरले फरार रहेकी प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा प्रहरीले शनिबार पक्राउ गरेलगत्तै सभामुखलाई यसबारे जानकारी दिइएको थियो।

बैशाख १३ गते शनिबार बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट राईलाई पक्राउ गरि प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको समेत सूचनामा उल्लेख छ।

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको अरबौँ रुपैयाँ रकम गैरकानूनी रुपमा दुरुपयोग गरी गोरखा मिडिया नेटवर्क प्रा.लि.मा लगेको लगायतका आरोपमा प्रहरीको निगरानीमा रहेका जिबी राई फरार छन् भने, उनका व्यवसायिक साझेदार रवि लामिछाने, छविलाल जोशी बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको बचत हिनामिना तथा संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका छन्।

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update