
टिसीएल ब्राण्डको नयाँ इन्भर्टर एसी कम्प्रेसरमा १० वर्षको वारेन्टी सुविधा लागू हुने भएको छ।
टिसीएल नेपालले बजारमा उपलब्ध गराउँदै आएको नवीनतम् प्रविधिमा आधारित विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्डको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी सुविधाको घोषणा गरेको हो।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सिजी इलेक्ट्रोनिक्स कम्पनी आधिकारिक वितरक रहेको उक्त कम्पनीले दिएको जानकारी अनुसार, टिसीएलको उत्पादनको दिगोपनमा रहेका विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन सुविधा प्रदान गर्न नयाँ विशेषतासहितको योजना घोषणा गरेको हो।
जसको प्रमुख विशषताहरुमा प्रभावकारी उर्जा बचतका लागि स्मार्ट इन्भर्टरमा ७० प्रतिशतसम्म उर्जा बचत हुनेगरी जेन मोडको उपकरण बजारमा उपलब्ध हुनेछ।
जसको माध्यमबाट उत्कृत आराम र स्वास्थ्यका लागि द्रुत कुलिङ र हिटिङ सुविधासँगै स्मार्ट एयरफ्लो र गोल्डेन फिनको सेवा उपलब्ध गराइएको छ।
एक, डेढ र दुई टनका टिएसी–१२सिएचएसडिआई÷एक्सए१ टिएसी–१८सिएचएसडिआई÷एक्सएफ१ र टिएसी–२४सिएचएसडिआइ÷एक्सएएफ१ का विभिन्न तौल समूहका नयाँ इन्भर्टर एसी मोडलहरुमा सजिलो प्रयोगका लागि स्मार्ट एप कन्ट्रोल सुविधा पनि रहेको छ।
टिसिएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरी निर्माण गरिएको कम्पनीले जनाएको छ।
जसले बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरुमा आधुनिक भोल्टेज स्टेबिलाइजेशन सुविधा उपलब्ध छ।
उर्जा–कुशल डिजाइनमा विजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्ने र टिकाउपनका हिसाबले पनि टिसीएल एसी भरपर्दो र आरामदायी उपकरण हुन सक्दछ।
विश्वव्यापी प्रविधि कम्पनीका रुपमा परिचित टिसीएलका टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, एयर कन्डिसनर र वाटर डिस्पेन्सर जस्ता विद्युतीय उपकरणका सामाग्रहरु उपलब्ध गराउँदै आएको छ।
सिजी इलेक्ट्रोनिक्स कम्पनी आधिकारिक बितरक रहेको टिसीएलका उपकरणहरु देशभरी छरिएर रहेका सिजी इलेक्ट्रोनिक्सका डिलरमार्फत अथवा टिसीएलको वेभसाइटबाट पनि हेर्न र जानकारी लिएर आवश्यकता अनुसार सेवा सुविधा लिन सकिने छ।