युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यवहोरेको छ। शुक्रबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुँदै चेन्नइ सुपरकिंग्सले चौथो खेलमा तेस्रो हार व्यवहोरेको हो।
दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
हैदराबादका लागि १९ वर्षे प्रियम गर्गको अर्धशतक बनाए। उनले अभिजित रहँदै २६ बलमा ५१ रन जोड्दा अभिशेक शर्माले ३१ रन, मनिष पाण्डेले २९ रन तथा डेभिड वार्नरले २८ रन जोडे।
चेन्नइका लागि दीपक चहारले २ विकेट तथा सार्दुल ठाकुर र पीयुष चावलाले १/१ विकेट लिए।
१६५ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रनमा सीमित भयो।
चेन्नइका लागि रविन्द्र जडेजाले सर्वाधिक ५० रन बनाउँदा कप्तान महेन्द्र सिहं धोनीले ४७ तथा फाफ डु प्लेसिसले २२ रन जोडे।
हैदराबादका लागि टी नटराजनले २ विकेट लिँदा भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए।
यो हैदराबादको लगातार दोस्रो जित हो। यो सँगै हैदारावाद अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय