युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंलोरमाथि सानदार जित निकालेको छ।
दुबईमा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै दिल्ली पाँचौ खेलमा चौथो जितसहित शीर्ष स्थानमा उक्लिएको हो।
दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गर्दै दिल्लीले दिएको १ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो।
बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे ।
नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए ।
बैंलोरलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोर्ट्जे र अक्षर पटेलले समान २/२ विकेट झारे।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।
दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउँदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।
बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए ।
यो जितसँगै ५ खेलमा ४ जित निकालेको दिल्ली शीर्ष स्थानमा उक्लिएको छ। बैंगलोरको यो दोस्रो हार हो। बैंगलोरले ५ खेलमा ६ अंक जोड्दै तेस्रो स्थानमा कायमै छ।
यसैबिच नेपाली युवा सन्दीपले सिजनको पाँचौं खेल पनि खेल्न पाएनन। दिल्लीले बैंगलोरविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा नराखेको हो।
तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् । दिल्लीले चोट बोकेका अमित मिश्राको स्थानमा अक्षर पटेललाई मौका दिएको थियो।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय