हिमाल दैनिक
चेन्नईको चौथो हार, कोलकाता तेस्रो स्थानमा उक्लियो
Ejvq9Y6VcAEIk3N
चेन्नई सुपर किङ्सलाई हराउँदै कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ। अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले हराउँदै कोलकत्ताले तेस्रो स्थानमा उक्लिएको हो। शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि सेन वाट्सनले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए। कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै १ सय ७० रन बनाएको थियो। कोलकत्ताका लागि राहुल त्रिपाठीले अर्धसतकीय इनिङ्स खेले। ५१ बलमा ८१ रन बनाउने क्रममा उनले ८ चौका र ३ छक्का प्रहार गरे। अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन् । सुनिल नारिनले १७ रन जोड्दा सुबमान गिलले ११ रन बनाए । कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । यस्तै सार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २/२ विकेट लिए । जितसँगै कलकत्ता ६ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको हो। चेन्नईको यो चौथो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update