मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ।
प्रतियोगिता अन्तर्गत आइतबार अबुधावीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
दिल्लीले दिएको १६३ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले २ बल बाँकी छदाँ ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।
मुम्बईलाई जिताउन क्विन्टन डिकक र सूर्यकुमार यादवले अर्धसतकीय इनिङ्स खेले दुबैले समान ५३/५३ रनको योगदान दिए। त्यस्तै इशान किसानले २८ रन, क्रुनाल पाण्ड्याले १२ तथा काइरन पोलार्डले ११ रन जोडेका थिए।
दिल्लीका लागि कागिसो रबाडाले २ तथा अक्षर पटेल, रविचन्द्रन आश्विन र मार्कस स्टोइनिस १/१ विकेट लिए पनि जितका लागि पर्याप्त रहेन।
यसअघि, टस जितेर पहलि ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन जोडेको थियो।
दिल्लीका लागि शिखर धवनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक अभिजित ६९ रन बनाए। त्यस्तै कप्तान श्रेयस ऐयरले ४२ रन बनाउँदा अजिन्क्य रहाणेले १५ रन जोडे। दिल्लीका मार्कस स्टोइनिस १३ रन बनाएर रन आउट हुँदा एलेक्स करेले १४ रन जोडे।
दिल्लीलाई मध्यम स्कोरमा रोक्न मुम्बईका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिँदा ट्रेन्ट बोल्टले १ विकेट लिए।
यो जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान ७ खेलमा समान ५ जित निकालेको पराजित दिल्ली रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।
प्रकाशित मिति: शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय