हिमाल दैनिक
आईपीएलमा चेन्नइको तेस्रो जित, हैदराबादको चौथो हार
Chennai-Dhoni-Watson-CSK-1024x595
युएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चेन्नइ सुपर किंग्सले सनराइजर्स हैदराबादलाई हराएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नइले हैदराबादलाई २० रनले हराएको हो। १६८ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो। हैदराबादका लागि केन विलियमसनले सर्वाधिक ५३ रन बनाएपनि त्यो जितका लागि पर्याप्त रहेन। त्यस्तै, जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६, रासिद खानले १४ तथा विजय शंकरले १२ रन बनाए। चेन्नइलाई जितउन कर्ण शर्मा र ड्वाइने ब्राभोले २/२ तथा साम करन, रविन्द्र जडेजा र शार्दुल ठाकुले १/१ विकेट लिए। यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। चेन्नइका लागि सेन वाटसनले सर्वाधिक ४२ रन बनाउँदा अम्बाती रायडूले ४१ रन बनाए। त्यस्तै ओपनर साम करनले ३१ रन जोड्दा कप्तान महेन्द्रसिंह धोनीले २१ रन जोडे। त्यस्तै रबीन्द्र जडेजा २५ रनमा अभिजित रहे। उता हैदराबादका लागि सन्दीप शर्मा, खालिल अहमेद र टी नटराजनले समान दुईरदुई विकेट लिए।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update