स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना गेटाफेसँग पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई जित दिलाउन जिमे माटाले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको गेटाफेले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो ।
खेलको ५६ औं मिनेटमा माटाले पेनाल्टीमार्फत गरेको गोलले नै गेटाफेलाई जित दिलाउन पर्याप्त बन्यो । जितसँगै गेटाफे अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लिगमा पाँच खेल खेलेको गेटाफे १० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित बार्सिलोनाको ७ अंक रहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय