काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ।
अबुधावीस्थित शेख जाइद रंगशालामा टस जितेर फिल्डिङ रोजेको हैदराबादले १६४ रनको विजय लक्ष्य पाएको थियो। कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रनको योगफल तयार गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर समान १६३ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा हैदराबाद २ रनमा सीमित हुँदा कोलकाताले सहज जित हासिल गर्यो।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय