हिमाल दैनिक
आइपिएल: लिगमा रहिरहन आज राजस्थान र हैदराबादलाई जित्नै पर्ने दबाब
rajasthan-hydrabad
आइपिएल १३ औं संस्करणको ४० औं खेल आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच केहि समयमा खेल हुँदैछ । आज दुबईमा हुन लागेका खेलमा दुबै टिमलाई जित्नै पर्ने दबाब रहेको छ । अंक तालिकामा राजस्थान ८ अंक सहित ६ औ स्थानमा र हैदराबाद ६ अंक सहित ७ औ स्थानमा रहेको छ। टुर्नामेन्टमा रहिरहन आज दुबै टिमलाई यो खेल जित्नुपर्नेछ । अहिले सम्म १० खेल खेलेको राजस्थानले ४ खेलमा जित हात परेको छ भने ६ खेलमा हार बेहोरेको छ भने हैदराबादले ९ खेलमा ३ खेल जितेको छ भने ६ खेल हारेको छ। यस अघिको खेलमा राजस्थानले हैदराबादलाई ५ विकेटले हराएको थियो । राहुल तेवतिया र रियान परागको साझेदारीले आफ्नो टिमलाई जित दिलाएका थिए। पहिलो इनिंगमा राजस्थानले ५ विकेटमा १५८ रन बनेका थिए। यसको जबाफमा हैदराबादले एक बल बाँकी रहँदा ५ विकेटले खेलमा जित हात परेको थियो।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update