हिमाल दैनिक
५ ओभरसम्म आइपुग्दा चेन्नईको आधि टीम पभिलियन फर्किए
bumrah-mumbai-indians
आइपिएलको १३ औं संस्करणको ४१ औं खेल चेन्नई सुपर किग्स (CSK) र मुम्बई इंडियस (MI) बीच शारजाहमा जारी छ। टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको चेन्नईको ६ ओभरमा ५ विकेट गुमेको छ। अहिलेसम्म रुतुराज गायकवाड,फाफ डू प्लेसी,अबाति रायुडू नारायण जगदीशन र रबिन्द्र जडेजा आउट भईसकेका छन्। ५ बल खेलेका रितुराज एक रन पनि बनाउन सकेनन। उनि ट्रेट बोल्टको बलमा आउट भएका हुन्। त्यसपछि जसप्रीत बुमराहले अबाती रायडू र एन जगदीशनलाई लगातार दुई बलमा आउट गरेका थिए। उनले आफ्नो पहिलो ओभरमै २ विकेट लिएका हुन्। ७ बलमा १ रन बनेका फाफ डु प्लेसिसलाई पनि बोल्टले कै बलमा आउट भएका थिए। त्यस्तै जडेजा ७ बलमा ६ रन बनेर पभिलियन फर्किएका छन्। उनलाई पनि बोल्डले नै आउट गरेका थिए। बोल्डले आजको खेलमा ३ विकेट लिएका छन् क्रिजमा अहिले चेन्नईका कप्तान महेन्द्र सिंह धोनी छन्। पछिल्लो विवरण अनुसार ६ ओभरमा ओभरमा चेन्नईले २४ रन बनाएको छ भने ५ विकेट गुमाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update