
आइपिएलको १३ औं संस्करणको ४१ औं खेल चेन्नई सुपर किग्स (CSK) र मुम्बई इंडियस (MI) बीच शारजाहमा जारी छ। टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको चेन्नईको ६ ओभरमा ६ विकेट गुमेको छ। अहिलेसम्म चेन्नईका कप्तान महेन्द्र सिंह धोनी, रुतुराज गायकवाड,फाफ डू प्लेसी,अबाति रायुडू नारायण जगदीशन र रबिन्द्र जडेजा आउट भईसकेका छन्।
जडेजा ७ रन बनाएर ट्रेट बोल्टको बलमा आउट भएका थिए । त्यसपछि क्रिजमा उत्रेका धोनी १६ बलमा १६ रन बनाएर राहुल चाहरको बलमा आउट भए । आज मुम्बईका बोल्टले ३ र जसप्रीत बुमराहले २ विकेट लिएका छन्।
५ बल खेलेका रितुराज एक रन पनि बनाउन सकेनन। उनि ट्रेट बोल्टको बलमा आउट भएका हुन्। त्यसपछि जसप्रीत बुमराहले अबाती रायडू र एन जगदीशनलाई लगातार दुई बलमा आउट गरेका थिए। ७ बलमा १ रन बनेका फाफ डु प्लेसिसलाई पनि बोल्टले कै बलमा आउट भए।
पछिल्लो विवरण अनुसार ८।२ ओभरमा ओभरमा चेन्नईले ३२ रन बनाएको छ भने ६ विकेट गुमाएको छ। अहिले क्रिजमा सैम करन र दीपक चाहर खेलेका छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय