
आइपिएलको १३ औं संस्करणको ४७ औं खेल सनराइजर्स हैदराबाद र दिल्ली कैपिटल्स बीच दुबईमा खेल जारी छ । टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रिएको हैदराबादले ९ ओभरमा १०० रन पर लगाएको छ ।
हैदराबादका कप्तान डेविड वार्नर र ऋद्धिमान साहा क्रीजले दमदार प्रदर्शन गरे । यी दुई बीच ९ ओभरमा पहिलो विकेटका लागि १०० भन्दा बढी रनको साझेदारी गरे ।
वार्नरले आइपिएलमा ४७ औ अर्धसतक पनि यसै खेलमा पुरा गरेका छन् । खेलको पछिल्लो विवरण अनुसार वार्नर ६६ रन बनाएर रविचद्रन अश्विनको बलमा आउट भएका छन्। अहिले मनीष पाण्डे र साहा क्रिजमा छन्। हैदराबादले ११ औ ओभरमा १२७ रन बनाएको छ भने एक विकेट गुमाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय