आइपिएलको १३ औं सिजनको ४८ औं खेलमा मुम्बई इन्डियनसले रोयल च्यालेन्जर्स बेगलुरु(आर्सिबी)लाई ५ विकेटले हराएको छ । सिजनको ८ औं जित संगै मुम्बई अंक तालिकाको शिर्ष स्थानमा कायम नै रहेको छ। मुम्बईले १६ अंक सहित प्ले-अफमा आफ्नो स्थान सुनिश्तित गरेको छ ।
अबु धाबीमा भएको खेलमा टस हारेर ब्याटिंगका लागि उत्रेको आर्सिबीले मुम्बईलाई १६५ रनको लक्ष्य दिएको थियो। त्यसको जवाफमा मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाउदै १६६ रन बनेर जित हासिल गरेको हो। सूर्यकुमार यादवले ७९ रन बनाएका थिए। उनलाई म्यान ओफ द म्याच भएका छन्। त्यही आरिसिबिका मोहम्मद सिराज र युजवेद्र चहलले २-२ विकेट लिएका थिए।
मुम्बईबाट क्विंटन डिकॉक र ईशान किशनले ओपनिङ्ग गरेका थिए। डिकॉक र किशनले पहिलो विकेटका लागि ३७ रन जोडेका थिए। १८ रन बनाएका डिकॉक मोहम्मद सिराजको बलमा आउट भए। त्यसपछि सूर्यकुमार यादव र किशनको पावर-प्लेमा टीमलाई ४५ रन दिलाए। किशन २५ रन बनाएर युजवेद्र चहलको बलमा आउट भए। सौरभ तिवारी ५ रन बनाएर सिराजको दोश्रो शिकार बने। क्रुणाल पण्डया १० रन बनाए चहलको बलमा पर आउट भए।
रोहित शर्माको ठाउंमा आएका सौरभ तिवारीले यस खेलमा खासै चमत्कार देखाउन सकेनन । उनि ८ बलमा ५ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रुणाल पड्या पनि १० रनमा मात्र सिमित भए।
त्यस्तै पहिलो इनिंगसमा देवदत्त पडिक्कलले सिजनको चौथो अर्थसतक पुरा गरेका छन्। उनले आजको खेलमा ७४ रन बनाए। त्यस्तै जसप्रीत बुमराहले आइपिएलमा आफ्नो १०० विकेट पुरा गरेका छन्। उनले ४ ओभरमा १४ रन दिएका छन् भने ३ विकेट लिएका छन्। यस संगै कीरोन पोलार्ड, ट्रेंट बोल्ट र राहुल चाहरले १-१ विकेट लिए ।
पडिक्कल र फिलिपले आरिसिबिको राम्रो सुरुवात गरेका थिए। दुबैको पावर-प्लेमा टिमलाई ५० रन पुरा गरेका थिए। पहिलो विकेटका लागि पडिक्कल र फिलिपले ७१ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी चाहरले तोडेका थिए। उनि चाहरको बलमा क्विटन डिकॉकले स्टाम्प गरेका थिए।
आजको खेलमा कप्तान बिराट कोहली र एबी डिविलियर्सले केहि चमत्कार गर्न सकेनन। कोहलीले आजको खेलमा ९ रनको मात्र योगदान दिए। उनलाई उम्रहले आउट गरेका थिए। त्यस्तो डिविलियर्स पनि १५ रनमा मात्र सिमित भए। उनलाई पोलार्डको बलमा चाहरले क्याच गरेर पभिलियन पठाएका थिए।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय