आइपिएलको १३ औ सिजनको ५० औं खेल राजस्थान रोयल्सले किंग्स एलेभेन पन्जावलाई ७ विकेटले हराएको छ। गएराति अबु धाबीमा भएको खेलमा क्रिस गेल सतक बनाउन एक रनले चुकेका छन् । ६३ बलमा ९९ रन बनेका गेललाई जोफ्रा आर्चरले क्लीन बोल्ड गरेका थिए। आइपिएलमा गेलले ७ सतक पुरा गर्न केवल १ रनले चुके ।
https://twitter.com/i/status/1322248399161159682
सतक बनाउन अघि नै आर्चरको हातबाट बोल्ड भए पछि उनले रिसमा आफ्नो ब्याट नै फालेका थिए । नन स्ट्राइकमा रहेका ग्लेन मैक्सवेलले ब्याट उठाएर गेललाई थिएका थिए । अन्तत गेलले अर्चरसंग हात मिलाएर पभिलियन फर्किए।
गेलले टि-२० क्रिकेटमा आफ्नो हजार छक्क पुरा गरेका छन्। उनले टि-२० क्रिकेटमा अहिले सम्म २२ सेन्चुरी र ८५ अर्धसतक लागेका छन्।
हिजो भएको रोमान्चक खेलमा पन्जावले 186 रनको लक्ष्य दिएको थियो। त्यसको जवाफमा ३ विकेट गुमाएर राजस्थानले १७.३ ओभरमा जित हासिल गरेको थियो। यस सिजनमा लगातार ५ खेलमा जिते हात परेको पन्जावलाई राजस्थानले ७ विकेटले हरायो।
[gallery td_select_gallery_slide="slide" td_gallery_title_input="फोटो" ids="25489,25487,25493,25500,25488,25485,25486,25492,25497,25491,25495"]
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय