हिमाल दैनिक
आइपिएल: दिल्लीले मुम्बईलाई दियो १११ रनको लक्ष्य
bumrah_1604142683
आइपिएलको १३ औं सिजनको ५१ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनस बीच दुबईमा दोश्रो इनिंगस जारी छ। टस हारेर ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १११ रनको टार्गेट दिएको छ। त्यसको जवाफमा मुम्बईका डिकाक र ईशान किशन क्रीज छन्। पहिलो इनिंगसमा दिल्लीले २० ओभरमा ९ विकेटको नोक्सानमा ११० रन बनाएको थियो। दिल्लीले दिएको टार्गेट दुबई सिजनमा सबै भन्दा छोटो टार्गेट हो। यस भन्दा अघि किंग्स इलेभेन पन्जावले सनराइजर्स हैदराबादलाई १२७ रनको टार्गेट दिएको थियो । मुम्बईका जसप्रित बुमराह र ट्रेट बोल्टले ३-३ विकेट लिएका छन्। राहुल चाहर र नाथन कूल्टर-नाइलले १-१ विकेट लिए। खेलको पछिल्लो अपडेट अनुसार अहिले पहिलो विकेटका लागि  मुम्बईले ४ ओभरमा २३ रन  १४ रन बनाएको छ ।

बोल्डले मुम्बईको दुई विकेट लिए

आइपिएलको १३ औं सिजनको ५१ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनस बीच दुबईमा खेल जारी छ। टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको दिल्लीको दुई विकेट गुमेको छ। थप

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update