हिमाल दैनिक
मुम्बईले दिल्लीलाई ९ विकेटले हरायो: दिल्लीको लगातार चौथो हार
kishan-surya_1604150199
आइपिएलको १३ औं सिजनको ५१ औं खेलमा मुम्बई इन्डियनसले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको छ। दिल्लीको यो लगातार चौथो हार हो। टस हारेर ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १११ रनको टार्गेट दिएको थियो । त्यसको जबाफमा मुम्बईले १४.२ ओभरमा १ विकेटमा १११ रन बनाएर खेल आफ्नो नाममा गरेको छ। मुम्बईका ओपनर क्विटन डिकाक र ईशान किशनले राम्रो सुरुवात गरेका थिए। डिकाक र किशनले पावर-प्लेमा ३८ रन बनेका थिए। त्यसपछि किशनले आक्रामक शट लगाउदै रनरेट बदेका थिए। दुबैले ६८ रनको साझेदारी गरेका थिए। डिकाकले २६ रन बनेर आउट भएका थिए। डिकाक र किशनको साझेदारी एनरिच नोर्तजेले तोडेका थिए। किशनले आइपिएलमा आफ्नो चौथौ अर्धसतक लगाउदै आज ७२ रन बनाएका छन्। त्यस्तै सुर्य कुमार यादवले १२ रन बनाए । यो संगै प्ले- अफमा दिल्ली जना मुस्किल देखिएको छ । अब दिल्लीले प्ले अफ खेल्न रोयल च्यालेन्जर्सलाई जित्ने पर्ने दबाब छ। त्यस्तै मुम्बई भने १८ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

आजको खेलको हाइलाइट:

 

मुम्बईको पहिलो विकेट गयो

मुम्बईको पहिलो विकेट गएको छ। डिकाक २६ रन बनाएर आउट भएका हुन्। उनलाई ऐनरिक नार्टजेले बोल्ड गरेका थिए। थप

आइपिएल: दिल्लीले मुम्बईलाई दियो १११ रनको लक्ष्य

टस हारेर ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १११ रनको टार्गेट दिएको छ। त्यसको जवाफमा मुम्बईका डिकाक र ईशान किशन क्रीज छन्। थप


बोल्डले मुम्बईको दुई विकेट लिए

आइपिएलको १३ औं सिजनको ५१ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनस बीच दुबईमा खेल जारी छ। टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको दिल्लीको दुई विकेट गुमेको छ। थप
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update