हिमाल दैनिक
बेंगलुरुले हैदराबादलाई दियो १२१ रनको टारगेट
sandeep-sharma-of-sunrisers-hyderabad-celebrates-a_1604158570
आइपिएलको १३ औं सिजनको ५२ औं खेल रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादका बीच शारजाहमा खेल जारी छ। टस हारेर ब्याटिंगका लागि क्रिजमा उत्रेको बेंगलुरुले हैदराबादलाई १२१ रनको लक्ष्य दिएको छ। हैदराबादका सन्दिप शर्मा र जेसन होल्डरले आज २-२ विकेट लिएका थिए । बेंगलुरुका जोश फिलिपले ३१ बलमा सबै भन्दा बढी रन ३२ बनाएका थिए। त्यस्तै एबी डिविलियर्सले २४ रन, वाशिंगटन सुन्दरले २१ रन बनाएका थिए। हैदराबादका सन्दिप र होल्डर के अलावा टी नटराजन, शाहबाज नदीम र रशिद खानले १-१ विकेट लिएको छ। बेंगलुरुले आज खराब सुरुवात गरेको थियो। बेंगलुरुले २८ रनसम्म आइपुग्दा २ विकेट गुमाएको छ । दुबै विकेट सन्दिप शर्माले लिएका थिए।आइपिएल रेकर्डमा सन्दिप शर्माले बिराट कोहलीलाई ७ औ पटक पभिलियन पठाए। उनले ओपनर देवदत्त पडिक्कललाई (५) बोल्ड गरेका थिए । त्यसपछि बेंगलुरु बिराट कोहली (७)लाई केन विलियम्सनले क्याच आउट गरेका थिए। त्यसपछि जोश फिलिपले ३२ र एबी डिविलियर्सले २४ रन बनेका थिए। यी दुई बीच तेस्रो विकेटका लागि ४३ रनको पार्टनरशिप गरेका थिए। फिलिपलाई रशिद खानले मनिष पाण्डेले क्याच आइत गरे। शाहबाज नदीमको बलमा डिविलियर्सको बल अभिषेकले क्याच गरेका थिए। वाशिंगटन सुन्दर(२१) लाई टी नटराजनले आफ्नै बलमा क्याच गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update