हिमाल दैनिक
हैदराबादले बेगलुरुलाई ५ विकेटले हरायो
sandeep-sharma-of-sunrisers-hyderabad-celebarte-th_1604164588
आइपिएलको १३ औं सिजनको ५२ खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेनजर्स बेंगलुरुलाई ५ विकेटले हराएको छ। गएराती शारजाहमा भएको खेलमा टस हारेर क्रिजमा उत्रेको बेंगलुरुलाई १२१ रनको टार्गेट दिएको थियो। त्यसको जवाफमा हैदराबादले १४.१ ओभरमा ५ विकेटको नोक्सानमा १२१ रन बनाउदै खेल आफ्नो नाम गरेको हो । हैदराबादले दोश्रो इनिंगसमा राम्रो सुरुवात गर्न सके। १० रनमा नै कप्तान डेविड वॉर्नर(८) को पहिलो विकेट गुमेको थियो । त्यसपछि दोश्रो विकेटका लागि ओपनर ऋद्धिमान साहाले मनीष पाण्डेसंग ५० रनको साझेदारी गरेका थिए । उक्त सजेधरिमा साहाले ३९ रन र मनीषले २६ रन बनाएका थिए। अन्तिममा अलराउनडर जेसन होल्डरले १० बलमा २६ रन बनाए। बेंगलुरुला लागि युजबेन्द्र चहलले सबै भन्दा बढी विकेट (२) लिए। उनले साहा र पाण्डेलाई पभिलियन फर्काएका थिए। वाशिंगटन सुन्दर, नवदीप सैनी र इसुरु उडानाले पनि १-१ विकेट लिएका थिए। हैदराबादको यस सिजनको ६ औं जित हो। अंक तालिकामा हैदराबाद शिर्ष चारमा पुगेको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update