हिमाल दैनिक
चेन्नईको राम्रो शुरुआत, डु प्लेसिस र गायकवाड़बीच ८०+ रनको ओपनिंग पार्टनरशिप
du-plesis_1604234505
आइपिएलको १३ औं सिजनको ५३ औं खेल चेन्नई सुपर किंग्स र किंग्स एलेभेन पंजाव बीच अबु धाबीमा खेल जारी छ। टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रेका पन्जवले चेन्नईलाइ १५४ रनको टार्गेट दिएको छ। जवाफमा चेन्नईका फाफ डु प्लेसिस र रितुराज गायकवाड़ले शानदार सुरुवात गरेका छन्। प्लेसिस र गायकवाड़ले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेका छन्। पहिलो इनिंगसमा पन्जवले ६ विकेटको नोक्सानमा १५३ रन बनेको थियो। दिपक हुडाले लिगमा आफ्नो दोश्रो अर्धसतक पुरा गर्दै ३० बलमा ६२ रन बनेका थिए । हुडा बाहेक अरु कसैले पनि यति स्कोर बनौन सकेनन। चेन्नईका तर्फबाट लुगी एनगिडीले ३ विकेट लिएका थिए। त्यस्तै शार्दूल ठाकुर, इमरान ताहिर र रबिन्द्र जडेजाले १ -१ विकेट लिएका थिए । पन्जावका कप्तान लोकेश राहुलले म्याङ्क अग्रवालको साथ राम्रो सुरुबात गरेका थिए । राहुल र अग्रवालले ३२ रनमा ४८ रनको ओपनिङ्ग पार्टनरशिप गरेका अत्हिये । यो सजेधारीलाई एनगिडीले तोडेका थिए। उनले मयाङ्कलाई २६ रनमा बोल्ड गरेका थिए। पन्जवले राम्रो सुरुवात गरेपनि त्यसलाई निरन्तरता भने दिन सकेनन् । लोकेश राहुल २७ बलमा २९ रन, निकोलस पूरन 6 बलमा २ रन र क्रिस गेल 19 बलमा १२ रन बनाएर आउट भएका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update