आइपिएलको १३ औं सिजनको ५३ औं खेलमा चेन्नई सुपर किंग्सले किंग्स एलेभेन पन्जावलाई ९ विकेटले पराजित गरेको छ। यो हारसंगै पन्जाव प्ले अफन खेल्ने पक्का भएको छ। पन्जवले १४ खेलमा ६ खेलमा जित हासिल गर्दै १२ अंक जोडेको छ भने चेन्नई टुर्नामेन्टबाट नै बाहिर भएको छ।
अबु धाबीमा भएको खेलमा टस हरेर ब्याटिंग गर्न क्रिजमा उत्रेको पन्जावले चेन्नईलाई १५४ रनको टार्गेट दिएको थियो। त्यसको जबाफमा चेन्नईले १८.५ ओभरमा १ विकेटको नोक्सानमा १५४ रन बनाएर खेल आफ्नो नाम गरेका थिए। ऋतुराज गायकवाड़ले लीगमा लगातार तेस्रो अर्धसतक लगाउदै सबै भन्दा बढी रन ६२ रन बनाए। फाफ डु प्लेसिसले ४८ रन र अंबाती रायडूले ३० रन बनाएका थिए । त्यस्तै पन्जावका क्रिस जोर्डनले एक मात्र विकेट लिए।
आजको खेल अपडेट:
चेन्नईको पहिलो विकेट गयो
चेन्नई सुपर किंग्सको पहिलो विकेट गुमेको छ । अबु धाबीमा सुपर किंग्स र किंग्स एलेभेन पंजाव बीच जारी खेलमा चेन्नईका फाफ डु प्लेसिस ४८ रन बनेर आउट भएका छन्।
थप पढ्नुहोस्:चेन्नईको राम्रो शुरुआत, डु प्लेसिस र गायकवाड़बीच ८०+ रनको ओपनिंग पार्टनरशिप
प्लेसिस र गायकवाड़ले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेका छन्। थप पढ्नुहोस्:प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय