
आइपिएलको १३ औं सिजनको ५५ औं खेल दिल्ली क्यापिटल्स र रोयल्स च्यालेन्जर्स बेङ्गलुरुबीच अबु धाबीमा ७:४५ (नेपाली समय अनुसार) हुँदैछ । आज जित्ने टिम अंक तालिकामा दोश्रो स्थानमा पुग्नेछ र मुम्बई इन्डियनसबिरुद्ध कार्तिक २० गते खेल्नेछ ।
अंक तालिका अनुसार १३ खेल खेलेको बेङ्गलुरु ७ खेल जितेर १४ अंक बटुलेर दोश्रो स्थानमा छ भने दिल्लीले १३ खेलमा ७ खेल जितेर १४ अंक सहित तेस्रो स्थानमा। बेङ्गलुरुको नेट रनरेट दिल्लीभन्दा राम्रो छ। दिल्लीले लगातार ४ खेल र बेङ्गलुरुले ३ खेल हारेको छ ।
यसभन्दा अघि भएको यी दुई टिम बीच भएको खेलमा दिल्लीले बेङ्गलुरुलाई ५९ रनले हराएको थियो। दिल्लीले ६ विकेटको नोक्सानमा १९६ रन बनाएको थियो। त्यसको जवाफमा बेङ्गलुरुले ९ विकेटको नोक्सानमा १३७ रन बनाएको थियो।
आफ्नो टिमलाई सबैभन्दा बढी रन दिनेमा बेङ्गलुरुका कप्तान बिरात कोहली शिर्ष र देवदत्त पडिक्कल दोश्रो स्थानमा रहेका छन्। कोहलीले सिजनमा अहिलेसम्म ४३१ र पडिक्कलले ४२२ रन बनाएका छन्।
त्यस्तै दिल्लीका शिकार धवनले सिजनमा अहिले सम्म ४७१ रन बनेका छन्। उनले सिजनमा सबै भन्दा बढी रन बनाउने ब्याट्समेन हुन्। उनिपछि कप्तान श्रेयस आइयरको नाम आउने गर्छ। उनले सिजनमा ४१४ रन बनाएका छन्।
दिल्लीका बलर कगिसो रबाडाले सिजनमा २३ विकेट लिएका छन्। रबाडापछि १६ विकेट लिने एनरिच नोर्तजे दोश्रो बलर हुन्। टुर्नामेन्टमा सबै भन्दा बढी विकेटले मुम्बई इन्डियनसका बलर जसप्रीत बुमराह (२३ विकेट ) हुन् ।
बेङ्गलुरुका स्पिनर युजबेन्द्र चहलले सिजनमा २० ब्याट्समेनलाई आउट गरेका छन्। टुर्नामेन्टका शिर्ष ५ मा विकेट टेकर बलार्समा चहल एकमात्र स्पिनर हुन्।
अहिलेसम्म बेङ्गलुरु र दिल्लीले १-१ सुपर ओभर खेलेर जितेको छ । दिल्लीले किंग्स एलेभेन पंजाव र बेङ्गलुरुले मुम्बई इन्डियनसलाई हराएको थियो। दुवै तिम्ले सुपर ओभर दुबईमा नै खेलेका थिए।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय