सन् २०२१ मा हुने युईएफए युरो कपको खेल तालिका सार्वजनिक गरिएको छ । युरो कपको १६ औं संस्करण खेल तालिका अनुसार डिफेन्डिंग च्याम्पियन पोर्तुगललाई ग्रुप अफ डेथ अर्थात् समूह एफमा राखिएको छ। पोर्तुगलसंगै समूह एफमा वर्ल्ड कप बिजेता फ्रान्स, जर्मनी र हंगरी रहेका छन्। त्यस्तै ३ पटक युरो कप बिजेता बनेको स्पेन स्विडेन, पोल्याण्ड र स्लोवाकिया साथ समूह ई मा परेको छ।
युरो कप सन् २०२० को जुनमा हुनुपर्ने थियो। तर बिश्वव्यापी रुपमा महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण युरो कप स्थगित गरिएको थियो। अब यो टुर्नामेन्ट सन् २०२१ ११ जुन-११ जुलाई बीच आयोजित गरिएको छ । तर युईएफएका अध्यक्ष मिशेल प्लाटिनीले टुर्नामेन्टको नाम युईएफए युरो २०२० नै राख्ने घोषणा गरेका छन्। टुर्नामेन्टमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिनेछ । सन् २०१६ मा भएको १५ औ संस्करणको फाइनलमा पर्तुगलले फ्रान्सलाई हराएको थियो । अहिलेसम्म स्पेन र जर्मनीले सबै भन्दा बढी ३-३ पटक खिताब आफ्नो नाम गरेको छ। स्पेनले सन् १९६४, सन् २००८ र २०१२ मा र जर्मनीले सन् १९७२, सन् १९८० र सन् १९९६ मा च्यापियन बनेको थियो। त्यस्तै वर्ल्ड कप च्यापियन फ्रान्सले अहिले सम्म दुई पटक सन् १९८४ र सन् २०१६ मा जितेका थिए। यस पटक यूरो कप अजरबैजान, डेनमार्क, इंगल्याण्ड, जर्मनी, हंगरी, इटली, नेदरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, रोमानिया, रूस, स्कॉटल्याण्ड र स्पेन गरि १२ राष्ट्रहरुमा आयोजना गरिनेछ।
समूह | राष्ट्र |
ग्रुप A | टर्की, इटली, वेल्स, स्विट्जरल्याण्ड |
ग्रुप B | डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रूस |
ग्रुप C | नीदरल्याण्ड, यूक्रेन, अष्ट्रिय , नॉर्दर्न मेसिडोनिया |
ग्रुप D | इंगल्याण्ड, क्रोएशिया, स्कॉटल्याण्ड, चेक रिपब्लिक |
ग्रुप E | स्पेन, स्वीडन, पोल्याण्ड, स्लोवाकिया |
ग्रुप F | हंगरी, पुर्तगाल, फ्रांस, जर्मनी |
युरो कप सन् २०२० को जुनमा हुनुपर्ने थियो। तर बिश्वव्यापी रुपमा महामारी रुपमा फैलिएको कोरोना भाइरसका कारण युरो कप स्थगित गरिएको थियो। अब यो टुर्नामेन्ट सन् २०२१ ११ जुन-११ जुलाई बीच आयोजित गरिएको छ । तर युईएफएका अध्यक्ष मिशेल प्लाटिनीले टुर्नामेन्टको नाम युईएफए युरो २०२० नै राख्ने घोषणा गरेका छन्। टुर्नामेन्टमा पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरिनेछ । सन् २०१६ मा भएको १५ औ संस्करणको फाइनलमा पर्तुगलले फ्रान्सलाई हराएको थियो । अहिलेसम्म स्पेन र जर्मनीले सबै भन्दा बढी ३-३ पटक खिताब आफ्नो नाम गरेको छ। स्पेनले सन् १९६४, सन् २००८ र २०१२ मा र जर्मनीले सन् १९७२, सन् १९८० र सन् १९९६ मा च्यापियन बनेको थियो। त्यस्तै वर्ल्ड कप च्यापियन फ्रान्सले अहिले सम्म दुई पटक सन् १९८४ र सन् २०१६ मा जितेका थिए। यस पटक यूरो कप अजरबैजान, डेनमार्क, इंगल्याण्ड, जर्मनी, हंगरी, इटली, नेदरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, रोमानिया, रूस, स्कॉटल्याण्ड र स्पेन गरि १२ राष्ट्रहरुमा आयोजना गरिनेछ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय