स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोना पराजित भएको छ । गयराति भएको खेलमा बार्सिलोना काडिचसँग २–१ को गोल अन्तरले पराजित भएको हो । यस सिजनमा बार्सिलोनाको चौथो हार हो ।
घरेलु मैदानमा भएको खेलमा काडिचका आल्भारो गिमेन्ज र आल्भारो नेग्रेडोलेले १-१ गोल गर्दै आफ्नो टिमलाई २१ बर्ष पछि दिलाउन सफल भएका छन् । खेल सुरु भएको ८ औं मिनेटमा गिमेन्जले गोल गर्दै काडिचलाई अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा पेड्रोले आत्मघाती गोलले खेललाई बराबरी पुराएको थियो। खेलको ६३ औं मिनेटमा नेग्रेडोले गोल गर्दै काडिचलाई २–१ को अन्तरले जित दिलाए।
https://www.youtube.com/watch?v=LJb2MEcOUvY
काडिचले २९ वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराएको हो। सन् १९९१ काडिचले बार्सिलोनालाई पराजित गरेको थियो ।
यससंगै काडिचले बार्सिलोनालाई चार अंकले पछि पार्दै शिर्ष ५ मा आफ्नो स्थान बनाएको छ । १२ खेल खेलेको काडिचले १८ अंक जोडेको छ भने १० खेल खेलेको बार्सिलोना १४ अंक सहित ७ औ स्थानमा रहेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय