प्रिमियर लिग अन्तर्गत लिभरपुलले उल्भरह्याम्पटनमाथि सहज जीत निकालेको छ । गएराति एनफिल्ड रंगशालामा भएको खेलमा साविक विजेता लिभरपुलले उल्भरह्याम्पटनमाथि ४-० को गोल अन्तरले जीत निकालेको हो।
मार्चपछि पहिलो पटक दर्शक फर्किएसंगै मोहमद सालाहले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
https://youtu.be/9pi44m_anzo?t=14
पहिलो हाफ १ गोलको अन्तरमा बनाएको लिभरपुलले दोश्रो हाफमा थप ३ गोल गरेको छ। दोश्रो हाफको ५८औं मिनेटमाजर्जिन्हो विजनाल्डमले गोल गर्दै खेलमा दोब्बर अग्रता दिलाए। त्यस्तै ६७ औं मिनेटमा जेले माटिभले गोल गर्दै खेललाई ३-० मा पुराए ।
खेलको ७८ औं मिनेटमा उल्भ्सका नेल्सन सुमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले ४-० ले जीत हासिल गर्यो। यो जीत संगै लिभरपुल अंक तालिकामा दोश्रो स्थानमा पुगेको छ । ११ खेल खेलेको लिभरपुल २४ अंक बटुलेको छ। उल्भ्स १७ अंकसहित तालिकाको १० औं स्थानमा छ । लिगको शिर्ष स्थानमा रहेको टोटेनह्यामसँग र लिभरपुल बराबरी अंकमा छ भने शिर्ष स्थानमा रहेको चेल्सो तेस्रो स्थानमा झरेको छ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय