हिमाल दैनिक
मेस्सी र रोनाल्डो भिड्दै
messi-vs-ronaldo
यूरोपियन च्यापियनस लिग अन्तर्गत दुई चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भिड्ने भएका छन्। मेस्सीको कप्तानी रहेको बार्सिलोना र रोनाल्डोको टिम युभेन्टस बीच बुधबार राति १:४५ बजे खेल हुनेछ । उक्त खेल स्पेनको बार्सिलोनाको कैम्प नाउ स्टेडियममा खेल हुनेछ। बार्सिलोना र युभेन्टस च्यापियनस लिगको समूह-जी छन् । यस सिजनमा यी दुई टिम दोश्रो पटक भिड्दै छ। यस अघि कार्तिक १३ गते भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले पराजित गरेको थियो । खेलमा मेस्सीले पेनाल्टीमा एक गोल गरेका थिए भने कोरोना देखिएका कारण रोनाल्डो भने खेल्न पाएका थिएनन । ५ खेल खेलेसंगे बार्सिलोना १५ अंक सहित समुहको शिर्ष स्थानमा रहेको छ । युभेन्टस १२ अंक सहित समूहको दोश्रो स्थानमा छ । स्पेनिस टिम बार्सिलोना र इटालियन क्लब युभेन्टस लिगमा सुपर-१६ का लागि क्वालिफाई गरेका छन् । समूह तालिकाको शिर्ष स्थानमा बार्सिलोनालाई युभेन्टसले यदी तीन गोल वा दुई गोलको अन्तरले जित्यो भने युभेन्टस शिर्ष स्थानमा पुग्नेछ। अहिलेसम्म लिगमा यी दुई टिम १० खेल भएका छन्। जसमध्य बार्सिलोनाले ४ पटक जित, दुई पटक हार र ४ पटक बराबरीमा रोकिएको छ । गोल अन्तरमा पनि बार्सिलोना युभेन्टस भन्दा अघि नै छ । दुई बीचको खेलमा अहिलेसम्म २० गोल भएको छ जसमा १२ गोल बार्सिलोनाले हानेको छ भने ८ गोल युभेन्टसले। च्यापियनस लिगमा अहिलेसम्म बार्सिलोनाले ५ पटक खिताब जितेको छ । सन् १९९२, २००२, २००६, २००९, २०११ र २०१५ मा बार्सिलोना च्यापियन भनेको छ भने युभेन्टसले अहिले सम्म सन् १९८५ र १९९६ गरि दुई पटक उपाधि हात पारेको छ । च्याम्पियनस लिग सबै भन्दा बढी रियल म्याड्रिडले जितेको छ। म्याड्रिड अहिलेसम्म १३ पटक च्यापियनस बनेको छ। मेस्सीले डिसेम्बर २ मा बिश्वको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । पेरिसमा भएको समारोहमा मेस्सीले छैठौ पटक बैलन डी'ओर उपाधि जितेका हुन्। रोनाल्डोले उक्त उपाधि ५ पटक लिएका छन् । पछिल्लो ११ बैलन डी'ओर उपाधि मेस्सी र रोनाल्डोले मात्र जितेका छन्। एजेन्सीको सहयोगमा।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update