हिमाल दैनिक
बार्सिलोनालाई जित्दै युभेन्टस समूह विजेता(हाइलाइट सहित)
Juventus
यूरोपियन च्यापियनस लिग अन्तर्गत इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोना माथि सहज जीत निकालेको छ । गएराति स्पेनको बार्सिलोनाको कैम्प नाउ स्टेडियम समूह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । https://www.youtube.com/watch?v=oeiP-8AwdW8 खेलमा युभेन्टसका क्रिस्टियानो रोनाल्डो दुई गोल, वेस्टोन एमसीकेनले एक गोल गरेका थिए भने मेस्सीको कप्तानी रहेको बार्सिलोनाले भने कुनै गोल गर्न सकेनन्। मध्यरातमा भएको खेलको १३ औं मिनेटमा बार्सिलोनाका रक्षक रोनाल्ड अराउजोले रोनाल्डोलाई फाउल गरेका थिए। पेनाल्टी अवसरलाई रोनाल्डोले गोलमा परिणत गरे। गोल गरेको सात मिनेट वित्न नपाउँदै म्याकेनीले थप एक गोल गर्दै आफ्नो टिमलाई दोब्बर अग्रद दिलाए। पहिलो हाफ दुई गोलको अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा थप गो थप्यो। खेलको ५२औं मिनेटमा बार्सिलोनाका रक्षक क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रमा हातले बल युभेन्टसले पेनाल्टी पाएको थियो । त्यसमा रोनाल्डोले थप एक गोल गर्दै खेललाई ३-० मा पुराए । यस जीतसंगै युभेन्टस समूह विजेता बनेको छ। ६ खेल बाट युभेन्टसले १५ अंक सहित समूह विजेता बनेको हो भने बार्सिलोना समान अंक समूहको उप-विजेता बनेको हो। यस सिजनमा यी दुई टिम दोश्रो पटक भिडेको हो । यसअघि कार्तिक १३ गते भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले पराजित गरेको थियो । खेलमा मेस्सीले पेनाल्टीमा एक गोल गरेका थिए भने कोरोना देखिएका कारण रोनाल्डो भने खेल्न पाएका थिएनन । स्पेनिस टिम बार्सिलोना र इटालियन क्लब युभेन्टस लिगमा सुपर-१६ का लागि क्वालिफाई गरेका छन् । समूह तालिकाको शिर्ष स्थानमा बार्सिलोनालाई युभेन्टसले यदी तीन गोल वा दुई गोलको अन्तरले जित्यो भने युभेन्टस शिर्ष स्थानमा पुग्नेछ। अहिलेसम्म लिगमा यी दुई टिम १० खेल भएका छन्। जसमध्य बार्सिलोनाले ४ पटक जित, दुई पटक हार र ४ पटक बराबरीमा रोकिएको छ । गोल अन्तरमा पनि बार्सिलोना युभेन्टस भन्दा अघि नै छ । दुई बीचको खेलमा अहिलेसम्म २० गोल भएको छ जसमा १२ गोल बार्सिलोनाले हानेको छ भने ८ गोल युभेन्टसले। च्यापियनस लिगमा अहिलेसम्म बार्सिलोनाले ५ पटक खिताब जितेको छ । सन् १९९२, २००२, २००६, २००९, २०११ र २०१५ मा बार्सिलोना च्यापियन भनेको छ भने युभेन्टसले अहिले सम्म सन् १९८५ र १९९६ गरि दुई पटक उपाधि हात पारेको छ । च्याम्पियनस लिग सबै भन्दा बढी रियल म्याड्रिडले जितेको छ। म्याड्रिड अहिलेसम्म १३ पटक च्यापियनस बनेको छ। मेस्सीले डिसेम्बर २ मा बिश्वको सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् । पेरिसमा भएको समारोहमा मेस्सीले छैठौ पटक बैलन डी’ओर उपाधि जितेका हुन्। रोनाल्डोले उक्त उपाधि ५ पटक लिएका छन् । पछिल्लो ११ बैलन डी’ओर उपाधि मेस्सी र रोनाल्डोले मात्र जितेका छन्। एजेन्सीको सहयोगमा।
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update