
प्रिमियर लिग फुटबलअन्तर्गत म्यान्चेस्टर डर्बी गोलरहित बराबरी खेलेका छन् । शनिबार राति म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिसंग बराबरीमा रोकिएको हो ।युनाइटेडले गत सिजनको सिटीविरुद्धको चार खेलमध्ये तीन खेलमा विजय हासिल गरेको थियो।
बराबरी खेलको म्यान्चेस्टर डर्बीले अंक बाडेका छन् । यससंगै सिटी लिगको शिर्ष चारमा जाने मौका गुमाएको छ । गए रातिको खेलपछि युनाइटेड २० अंकसहित सातौ स्थानमा रहेको छ भने सिटि १९ अंक सहित नवौं स्थानमा रहेको छ । एजेन्सीको सहयोगमा
प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी एभर्टनसंग १-० ले पराजित भएका थिए । घरेलु मैदानमा भएको खेलमा गिल्फी सिगुर्डसनले गोल गर्दै एभर्टनलाई जीत दिलाएका थिए ।
शिर्ष स्थानमा उक्लिने मौका पाएको चेल्सी एभर्टनसंग पराजित

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय