हिमाल दैनिक
युईएफए राउण्ड अफ १६: मेस्सी र नेमार भिड्ने
messi-neyma-final_1607950928
युईएफए च्यापियनस लिगको राउण्ड अफ १६ सार्वजनिक भएको छ । सोमबार घोषणा भएको खेल तालिका अनुसार स्टार स्टाइकर लियोनल मेस्सीको टिम बार्सिलोना अन्तिम-१६ मा नेमारको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) संग खेल्ने छ। त्यस्तै डिफेन्डिंग च्याम्पियन बायर्न म्यूनिखले इटालियन फुटवल टिम लिजियोसंग भिड्नेछ । यसभन्दा अघि सन् २०१७ को राउण्ड अफ १६ मा बार्सिलोनाले पीएसजीको सामना गरेको थियो । फर्स्ट लेगमा बार्सिलोना पीएसजीसंग ४-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोश्रो लेगमा बार्सिलोनाले पीएसजीलाई ६-१ ले पराजित भएको थियो । अंक गणितको आधारमा बार्सिलोनाले ६-५ ले जित हात पर्दै क्वाटर फाइनलमा आफ्नो स्थान बनाएको थियो । त्यस्तै प्रिमियर लिगको च्याम्पियन लिभरपुल आरबी लिपजिगसंग भिड्ने छ। अघिल्लो सिजनमा लिपजिग सेमी फाइनलमा पुगेको थियो। लिभरपुलले लिपजिगसंगको १० खेलमा जित हात पारेको छ । राउण्ड अफ १६ स्पेनिस क्लब एटलेटिको मैड्रिड इंग्लिश क्लब चेल्सीसंग भिड्ने छ । https://twitter.com/ChampionsLeague/status/1338445724669841410?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1338445724669841410%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2F क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसको खेल पुर्तगालको क्लब एफसी पोर्टो संग हुने छ । राउण्ड अफ १६ बोरुसिया डॉर्टमण्डको सामना सेविला र रियल म्याड्रिडको सामना अटलाण्टा संग हुने छ । राउण्ड अफ १६ मा जित्ने टिमहरुले युइएफए लिगको क्वाटर फाइनलमा आफ्नो स्थान बनाउने छ । राउण्ड अफ १६ मा भागमा खेल हुन्छ । जसमा सबै टिमले २-२ खेल खेल्ने छ । यसलाई फर्ष्ट लेग र सेकन्ड लेग भनिन्छ। यसमा दुई टिम १-१ खेल आ-आफ्नो मैदान(होम ग्राउण्ड) मा खेल्नेछन् । राउण्ड अफ १६ माको फर्ष्ट लेगको सुरुवात १७ फरवरी २०२१ मा हुने छ । पहिलो खेल अटलाण्टा र रियल म्याड्रिड बीच हुनेछ भने दोस्रो खेल १० मार्चमा हुन्छ जसमा युभेन्टस एफसी पोर्टोसंग भिड्नेछ । एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update