विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
य अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो । जितसंगै पुलिसले २ खेलमा २ अंक जोडेको छ । समूह ’बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।
यस्तै बुधबार नै भएको अर्को खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो । प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ’ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो । प्रदेश–१ को भने यो लगातार तेस्रो हार हो ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय