हिमाल दैनिक
राष्ट्रिय महिला लिग: वालिङ नगरपालिकामाथि आर्मीको सहज जीत
tribhuwan-armi-women-football
राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन् । खेलको ८३ औं मिनेटमा वालिङ १० खेलाडीमा समेटिएको थियो । वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोईली दुई पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् । जितसंगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update