इंग्लिस प्रिमियर लिगका क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको अन्तिम–१६ मा पुगेको छ । बिहिबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाड संग बराबारी खेल्दै समग्रमा ४–० को नतिजा निकाल्दै र आर्सनलले पोर्चुगल क्लब बेनफिकालाई ३–२ ले पराजित गर्दै समग्रमा ४–३ को नतिजा निकाल्दै दुवै टिम अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएको हो।
पहिलो लेगमा सोसिडाडमाथि ४-० जित हात परेको युनाइटेडले दोश्रो लेगमा गोल रहित बराबरीमा रोकियो । समग्रमा ४-० को नतिजा निकाल्दै युनाइटेडअनितम १६ मा पुगेको हो ।
त्यस्तै आर्सनलले बेनफिकालाई ४-३ ले जित हात पारेको थिए । खेलको पहिलो हाफको २१ औं मिनेटमा पिइरे औबमेयाङले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ४३ औं मिनेटमा बेनफिकाका डिओगो गोन्कालभेसले खेललाई बराबरीमा पुराए।
पहिलो हाफ बराबरीमा पुगेको खेल दोश्रो हाफको ६१ औं मिनेटमा राफा सिल्भाले गोल गर्दै बेनफिकालाई अग्रता दिलाए । आर्सनलका किरन टिएर्नीले ६७ औं मिनेटमा बराबरी गोल फर्काए र ८७औं मिनेटमा औबमेयाङले व्यक्तिगत दोश्रो गोल गर्दै आर्सनललाई ३-२ को गोल अन्तरले जीत दिलाए ।
यस संगै समग्रमा ४-३ को नतिजा निकाल्दै आर्सनल अन्तिम १६ मा पुग्यो।
त्यस्तै इंग्लिस क्लब लेस्टर सिटी भने लिगबाट बाहिरिएको छ । पहिलो लेगमा स्लाभिया प्रागसंग गोलरहित बराबरी खेलेको सिटीले दोश्रो लेगमा २–० हारेको थियो । ४९औं मिनेटमा लुकास प्रोभोड र ७९औं मिनेटमा अबदुल्लाह सिमाको गोलले प्रागलाई २-० ले जीत दिलाए। समग्रमा २-० को नतिजा निकाल्दै सिटी लिगबाट बाहिरिएको हो ।
युरोपा लिगको अन्तिम १६ को ‘ड्र’ आज सार्वजनिक हुनेछ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्