स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोना लिगको दोश्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० ले पराजित गर्दै लिगको दोश्रो स्थानमा उक्लिन सफल भएको हो । सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका स्टार लियोनल मेस्सी र ओसमान डेम्बेले एक-एक गोल गर्दै टिमलाई जित दिलाएका थिए ।
खेलको पहिलो हाफको २९औं मिनेटमा मेस्सीले दिएको पासलाई डेम्बेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाल १ गोलको अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफ थप एक गोल गर्यो । दोश्रो हाफको ८५ औं मिनेटमा गोल गरेका थिए । उनले प्रहरी गरेको बल सेभियाका गोलकिपर बोनो छातीमा लागेर फर्किएको थियो। रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेका थिए । सेभियाविरुद्ध मेस्सिको यो ३८ गोल हो । यस लिगमा मेस्सीले लगातार आठ खेलमा गोल गरेका छन्।
https://www.youtube.com/watch?v=0Q6zVqbiTIQ
जीत लिगको दोश्रो स्थानमा उक्लिएको बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँगको दुरी दुई अंकमा छोट्याएको छ। २५ खेलबाट ५३ अंक खेलेको बार्सिलोना लिगको दोश्रो स्थानमा छ भने एट्लेटिको मड्रिड भने दुई अंकले अघि छ। २४ खेल खेलेको सेभियाले ४८ अंक जोडेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय