इंगलिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनलले लेस्टरलाई ३-१ को गोल अन्तरले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा भएको खेलमा आर्सनलका डेभिड लुइज, आलेक्सेन्डर,पेपेले १-१ गोल गरेका थिए भने लेस्टरको तर्फबाट योउरी टेलेमान्सले गोल गरेका थिए।
खेल सुरु भएको छैठौ मिनेटमा नै लेस्टरका टेलेमान्सले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २० औं मिनेटमा लुइजले गोल गर्दै खेललाई बारा बारीमा पुराए । पहिलो हाफको इन्जुरी टाइममा आलेक्सेन्डरले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको आर्सनलले दोश्रो हाफको ५२औं मिनेटमा पेपेले गोल गर्दै आफ्नो जीत सुनिश्चित गर्यो । यस हारसंगै लेस्टरले लिगको दोश्रो स्थानमा उक्लिने मौका गुमाएको छ । २६ खेल खेलेको आर्सनल ३७ अंक सहित लिगको १० औं स्थानमा छ भने लेस्टर ४९ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ।
https://www.youtube.com/watch?v=jF5O-m_KIKU
प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय