बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको दोश्रो लेगमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गर्दै डेल रेको फाइनलमा प्रवेश गरेको हो ।
यस अघिको लेगमा २–० ले पछि परेको बार्सिलोना दोश्रो लेगमा उसमान डेम्बेले, मार्टिन ब्रेथवाइट र जेरार्ड पिकेको १-१ गोलले समग्रमा ३-२ को अन्तरले जित हात पारेको हो।
हिजो भएको खेलको १२ औं मिनेटमा डेम्बेलेको गोल गर्दै बार्सिलोनाले अग्रता दिलाए । पहिलो हाफमा १ गोलको अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफको इन्जुरी टाइममा थप एक गोल गर्यो । इन्जुरी टाइमको चौथो मिनेटमा पिकेले अर्को गोल थपेपछि खेल थप रोमान्चक बन्यो । इन्जुरी टाइममा फेर्नान्डोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा सिमित भएको थियो।
समग्रमा २-२ अवस्थामा पुगेपछि खेल थप ३० मिनेट थपिएको थियो । ३० मिनेट थपेको ५ मिनेटमा नै ब्रेथवाइटले गोल गरेका थिए । उनको त्यो गोल नै निर्णय गोल बन्यो र बार्सिलोना डेल रेको फाइनलमा प्रवेश गर्यो । अब फाइनलमा बार्सिलोनासंग एथ्लेटिक्स बिल्बाओ वा लेभान्तेले प्रतिस्पर्धा गर्नेछ। एथ्लेटिक विल्बाओ र लेभान्टे को पहिलो लेग १-१ को बराबरीमा खेलेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्