हिमाल दैनिक
बार्सिलोनाको अध्यक्ष पदका लागि आज निर्वाचन
Barcelona
स्पेनिस क्लब बार्सिलोनाको अध्यक्ष पदका लागि आज निर्वाचन हुने भएको छ। बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक संकटबाट गुज्रिएको बार्सिलोनाका यस निर्वाचन लागि यो निकै महत्वपूर्ण भूमिका खेलेको छ। क्लबको अध्यक्ष पदका लागि जोन लापोर्टा, भिक्टोर फन्ट र टोनी फेइजाले आफ्नो उम्मेदवारी दिएका छन्। केहिसमय अघि क्याम्प नाउ अफिसमा प्रहरीले छापा मारेको थियो। सो क्रममा प्रहरीले क्लबमा तत्कालिन अध्यक्ष जोसेप मारिया बार्टोमोउलाई गिरफ्तार गरेको थियो। त्यसपछि रिक्त रहेको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। यस निर्वाचनसंग बालोन डी’ओर अवार्ड जितेका बार्सिलोनाको स्टार खेलाडी लियोनेल मेस्सीको भविष्य पनि यस चुनावमा निर्भर छ। त्यसै कारणले पनि यस पटकको बार्सिलोनाको अध्यक्ष पदको निर्वाचन निकै नै महत्वका साथ हेरिएको छ l
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update