इटालियन सिरि ए अन्तर्गत युभेन्ट्सले लाजियोलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा साविक विजेता युभेन्ट्सले लाजियोलाई ३–१ को गोल अन्तरले पराजित गरेको हो।
लाजियोका तर्फबाट जोएक्विन कोरेराले पहिलो गोल गरेका थिए भने त्यसको प्रतिउत्तरमा युभेन्ट्सका एड्रियन राबियोटले १ गोल र अल्भारो मोराटाले २ दुई गोल गर्दै इटालियन सिरी ‘ए’ को लिग लिडर इन्टर मिलानसँगको दुरी कम गरेको छ।
खेलको पहिलो हाफको १४ औं मिनेटमा लाजियोका तर्फबाट कोरेराले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। तर कोरेराको त्यो अग्रता लामो समय टिकेन। खेलको ३९ औं मिनेटमा राबियोटले गोल गर्दै खेल बराबरीमा पुराए।
पहिलो हाफ बराबरीमा खेलेको युभेन्ट्स दोश्रो हाफमा थप दुई गोल गर्यो। खेलको ५७ मिनेटमा मोरोटोले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाए। खेलको ६० औं मिनेटमा मोरोटोले पेनाल्टीमार्फत थप एक गोल गर्दै जीत सुनिश्चित गराए।
यस खेलमा भने युभेन्टसका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोलाई बेन्चमा राखिएको थियो।
२५ खेल खेलेको युभेन्टस यस जीतसंगै ५२ लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै २५ खेल खेलेको एसी मिलान ५३ अंकसहित लिगको दोश्रो स्थानमा रहेको छ भने लिग लिडर इन्टर मिलान युभेन्टसभन्दा सात अंकले अघि छ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय