जर्मन बुन्डेस लिगा अन्तरगत वार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा वार्यन म्युनिखले बोरुसिया डर्टमुन्डलाई ४-२ को गोल अन्तरले पराजित गरेको थियो।
पाहुना टोली डर्टमण्डले खेल सुरु भएको ९ औं मिनेट नबित्दै २ गोलको अग्रता लिएको थियो। खेल सुरु भएको ७४ औं सेकेन्डमै हालान्डले अग्रता दिलाएका थिए भने खेलको नवौं मिनेटमा हालन्डले थोर्गान हाजार्डको पासमा हालान्डले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए।
तर हालान्डलेको त्यो अग्रता डर्टमण्डले कायम गर्न सकेन।
खेलको २६औं मिनेटमा रोबर्ट लेवानडोस्कीको गोलपछि वार्यन खेलमा फर्कियो। त्यस्तै खेलको ४४ औं मिनेटमा लेवनडोस्कीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी पुराए ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफको ८८ मिनेटमा लियोन गोरेट्काको गोलले खेलमा अग्रता लियो। खेलको इन्जुरी समयमा थप एक गोल गर्दै लेवानडोस्कीले बायर्नलाई नाटकीय शैलीमा जीत दिलाए ।
लेवानडोस्कीको यो लिगमा ३१ औं गोल हो भने बुन्डेसलिगामाउनको यो २६७ औं गोल हो।
जीत संगै २२ खेल खेलेको वायर्न ५५ अंक अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ भने ३९ अंक सहित डर्टमण्ड छैटौं स्थानमा रहेको छ। आरबी लाइपजिगको ५३ अंक सहित लिगको दोश्रो स्थानमा रहेको छ भने वुल्सबर्ग ४५ सनक सहित तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय