इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसंग पराजित भएको छ । आइतबार राति म्यानचेस्टर डर्बीबीच भएको खेलमा सिटी युनाइटेडसंग २-० को गोल अन्तरले पराजित भएको हो । यससंगै सिटीको अपराजित यात्रामा पूर्ण बिराम लागेको छ।
खेल सुरु भएको दोश्रो मिनेटमा नै युनाइटेडले पेनाल्टी पाएको थियो। युनाइटेडका तर्फ बाट ब्रुनो फर्नान्डेजले त्यसको सदिपायोग गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलको अग्रता लिएको युनाइटेडले दोश्रो हाफको ५० औं मिनेटमा लुकीसोले गोल गर्दै खेललाई २-० मा पुराए।
यससंगै सिटीको २१ खेलको अपराजित यात्रालाई युनाइटेडले पूर्ण बिराम लगाएको छ। २८ खेल खेलेको सिटीले २० खेल जितेको छ भने ५ ड्रा र ३ मा हार ब्यहोरेको छ ।
जितसंगै युनाइटेड तिन अंक बटुल्दै लिगको दोश्रो स्थानमा उक्लिएको छ । २८ खेल खेलेको युनाइटेडले ५४ अंक सहित लिगको दोश्रो स्थानमा रहेको छ भने सिटी ६५ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ। सिटि र युनाइटेड बीच ११ अंकको दुरी छ। त्यस्तै लेस्टर सिटि ५३ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्