स्पेनिस फुटबल क्लब बार्सिलोनाको अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा लापोर्टा ५४ प्रतिशतभन्दा धेरै मत प्राप्त गरेर विजयी भएका हुन्। बार्सिलोनामा ५८ वर्षे लापोर्टा दोस्रो पटक अध्यक्षमा पदमा निर्वाचित भएका हुन्। यसअघि सन् २००३ देखि २०१० मा उनी अध्यक्ष भएका थिए।
केहिसमय अघि क्याम्प नाउ अफिसमा प्रहरीले छापा मारेको थियो। सो क्रममा प्रहरीले क्लबमा तत्कालिन अध्यक्ष जोसेप मारिया बार्टोमोउलाई गिरफ्तार गरेको थियो। बार्तामेउले राजीनामा बार्सिलोनाको अध्यक्ष पद अक्टोबरदेखि खाली थियो।
यस निर्वाचनसंग बालोन डी’ओर अवार्ड जितेका बार्सिलोनाको स्टार खेलाडी लियोनेल मेस्सीको भविष्य निभर रहेको बताइएको थियो। लापोर्टाले मेस्सीलाई क्लबमा राख्ने मुख्य प्रतिबद्धता जायेर गरेका छन्। मेस्सी उनको कार्यकालमा नै उदाएका खेलाडी हुन् ।
उनको प्रतिस्पर्धी भिक्टोर फन्टले ३० प्रतिशत मत प्राप्त गरेर दोश्रो स्थानमा थिए भने अर्का प्रतिस्पर्धी टोनी फेइजाले ८ प्रतिशत मत पाएका थिए । यस निर्वाचनमा कुल एक लाख ९ हजार पाँच सय ३१ सदस्यमध्ये ५५ हजार छ सय ११ जनाले मात्र मतदान गरेका थिए ।
यस अघिको उनको कार्यकालमा ब्राजिलका सुपरस्टार रोनाल्डिन्हो र क्यामरुनका पूर्व फरवार्ड सामुएल इटो लगायतका खेलाडीहरु बार्सिलोनामा आबद्ध थिए । उनको अध्यक्षतामा बार्सिलोनाले दुई च्याम्पियन्स लिग, चार ला लिगा र कोपा डेल रेको उपाधि हात परेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्