युरोपियन च्याम्पियन्स लिगमा युभेन्ट्स अन्तिम १६ बाट बाहिरिएको छ । गएराति इटालियन क्लब युभेन्ट्स र पोर्चुगिज क्लब एफसी पोर्टो बीच भएको खेलमा अवे गोलका आधरमा पार्टो लिगको अन्तिम १६ मा प्रवेश गरेको हो ।
मंगलबार राति युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा ३–२ को गोल अन्तरले जित हात परेपनि अवे गोलको आधारमा पार्टो अन्तिम १६ मा प्रवेश गर्यो। पहिलो लेगमा युभेन्टसलाई पोर्टोले २-१ गोलले पराजित गरेको थियो । हिजो राति भएको दोश्रो लेगको खेलको १९ औं मिनेटमा पोर्टोले अग्रता लियो। ओलिभिएराले पेनाल्टीमा गोल गर्दो पोर्टोलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रतालिएको पोर्टोले दोश्रो हाफमा भने अग्रता कायम गर्न सकेन।
दोश्रो हाफको ४९ औं र ६३ औं मिनेटमा फेडरिको चिएसाले गोल गरे। त्यस्तै खेलको ५४औं मिनेटमा मेहदी तारेमीले दोस्रो पहेंलो कार्डको पाएपछि पोर्टो १० खेलाडीमा समिति भयो । निर्धारित समयमा युभेन्टसले पोर्टोलाई २-१ ले जितेपछि समग्रमा खेल ३-३ को बराबरी भएसंगे खेललाई थप समयमा थपियो।
थप समयको ११५ मिनेटमा पोर्टोका ओलिभएराले गोल गरेर खेललाई २-२ मा पुराए। त्यसको दुई मिनेट नबित्दै युभेन्टसका रबिओटले फेरी एक गोल गरे र समग्रमा खेल ४-४ मा पुग्यो र अवे गोलमा पछि परेको युभेन्टस लिगको अन्तिम १६ बाट बाहिरियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्