बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको गरेको छ । बुधबार राति भएको दोश्रो लेगको खेलमा स्पेनिस बार्सिलोनालाई फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले समग्रमा ५-२ ले पराजित गरेको हो।
पहिलो लेग बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पीएसजीले बार्सिलाेनालाई ४-१ ले पराजित गरेको थियो । त्यस्तै हिजो राति दोश्रो लेगमा १-१ गोलको बराबरीमा रोकिदा समग्रमा ५-२ को नतिजा निकाल्दा बार्सिलोना १४ वर्षमा पहिलाे पटक क्वाटर–फाइनलमा पुग्नबाट चुकेको हो।
हिजो खेलको ३० औँ मिनेटमा केलियन एम्बाप्पेले पहिलो गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। तर त्यो अग्रता लामो समय टिकेन। त्यसको ७ मिनेट नबित्दै बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेसीले खेल बराबरीमा पुराए। खेल बराबरीमै रोकिएपछि समग्र नतिजामा बार्सिलोना पिएसजीसंग पराजित भयो।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्