इंग्लिस प्रिमियर लिगमा लिग लिडर म्यानचेस्टर सिटीले १४ अंकको अग्रता लिएको छ। बुधबार राति घरेलु मैदानमा भएको खेलमा सिटिले साउथह्याम्पटनमाथि ५–२ ले पराजित गर्दै लिगमा १४ अंकको अग्रता लिएको हो।
हिजो खेलको १५ मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै सिटिलाई अग्रता दिलाए । त्यसको १० मिनेटमा पेनाल्टीमार्फत जेम्स वार्ड–प्रोउजले गोल गर्दै खेल बराबरीमा पुराए । ४०औं मिनेटमा रियाद महारेजले थप एक गोल गरे । इन्जुरी टाइममा गुन्डोआनले थप एक गोल गर्दै पहिलो हाफमा नै ३-१ को अग्रता लिए।
दोश्रो हाफमा सिटिले ५५औं मिनेटमा महारेजले ब्यतिगत दोश्रो गोल गरे। ५६ औं मिनेटमा चे एडमको गोल गर्दै खेलमा पूनरागमनको प्रयास गरे। तर, ५९औ मिनेटमा डी ब्रयनाले अर्को गोल गरेपछि सिटिले साउथह्याम्पटनमाथि ५-२ को सहज जीत निकाले।
जीत संगै २९ खेल सिटिले ६८ अंक सहित लिगको शिर्ष स्थान मा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अंक सहित लिगको दोश्रो स्थानमा रहेको छ । यस अघि आइतबार सिटि युनाइटेडसँग २–० ले पराजित भएको थियो । सिटीको २१ खेलसम्मको विजयी यात्रामाथि युनाइटेडके पूर्णविराम लागेको थियो।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्